काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा तालिका यथावत रहेको र पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमा नै परीक्षा हुने जनाएको छ।
यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा मिति सारिएको थियो। तर, पछिल्लो सहमतिपछि परीक्षा नियमित रूपमा हुने बोर्डले जनाएको छ।
बोर्डले विभिन्न सामाजिक सञ्जालमा आफ्नो लोगो प्रयोग गरेर फैलाइएको भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै त्यसप्रति नझुक्किन आग्रह गरेको छ। साथै, बोर्डको आधिकारिक सूचना मात्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट गरिएको छ।
परीक्षा मर्यादित रूपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवालालाई सहयोगको आग्रह पनि गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार

