२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

काठमाडौंमा बस, भ्यान र मोटरसाइकल एकसाथ भयानक दुर्घटना

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकखण्डको मुनिभैरव मन्दिर नजिक आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रातो बत्ती बलेको बेला सडकमा रोकिराखेको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकलमा पछाडि बसेकी २३ वर्षीया युवतीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ। उनी नुवाकोटकी स्थायी बासिन्दा हुन् र हाल ललितपुरमा बसोबास गर्दै आएकी थिइन्। घटनामा मोटरसाइकल चालक, भ्यान चालक र बसकी महिला यात्रु गरी तीन जना घाइते भएका छन्।

बिहान करिब साढे ६ बजे बा ३ ख ७०६२ नम्बरको बसले रोकिराखेको बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस