२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजावादीलाई प्रचण्ड ओलीले दिए एक स्वरमा चेतावनी, जेठ १५ गर्न नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका छन्। उनले चैत १५ मा राजावादीहरूको आन्दोलन असफल भएको भन्दै जेठ १५ गतेको आन्दोलन पनि रोक्ने चेतावनी दिए।

राजसंस्थाको पुनःस्थापना र हिन्दुराज्यको माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट आन्दोलन गर्ने घोषणा गरेको छ। तर, प्रचण्डले उत्पीडित वर्ग र समुदायहरूको अधिकार स्थापित भइसकेको भन्दै कुनै शक्तिले यसलाई रोक्न नसक्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जेठ १५ गते मात्र होइन, भविष्यमा कुनै पनि दिन राजावादीहरूका सपना पूरा नहुने बताएका छन्। उनले इतिहासमा समाप्त भइसकेको राजतन्त्रलाई फर्काउन खोज्नु व्यर्थ हुने बताए।

राजावादीहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरे पनि प्रचण्ड र ओलीले त्यसलाई सफल हुन नदिने स्पष्ट गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस