२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

कोरियामा मौसमी कामदार पठाउने निर्णयबारे सरकारले के भन्यो ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको भन्ने भ्रामक सूचना फैलिएपछि मन्त्रालयले स्पष्टीकरण जारी गरेको हो। मन्त्रालयले यसअघि माघ २०८१ मा पनि यस्तै स्पष्टीकरण जारी गर्दै कुनै सम्झौता नभएको बताएको थियो।

मन्त्रालयले लेटरहेड र छापको दुरुपयोग गर्दै झूटा सूचनाहरू प्रचार गरिएको भन्दै कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस