२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पूर्वसांसद पनि माइतीघरको धर्नामा ! राजसंस्था स्थापना हुनुपर्ने मुख्य माग

२९ बैशाख, काठमाडौँ । पूर्वसांसद एवम पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी सोमबार माइतीघर मण्डलामा भेटिएकी छन् ।
गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरुमो प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरुको रिहाइका लागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् । राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा उनीपनि सहभागी छन् । भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरु सडकमा आएको बताइन् ।

आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरुको उपचार, भ्रष्ट्राचार, बलात्कार, वेतिथिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो । सोही धर्नामा सहभाभी पूर्वसांसद चौधरीले देश भ्रष्ट्राचार, वेतिथि र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको बताइन् ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस