२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

रवीन्द्र मिश्रको गिरफ्तारीविरुद्ध सर्वोच्चमा पत्नी सारिकाको निवेदन

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमा राख्ने अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरिएको छ।

उनकी पत्नी सारिका कार्कीले मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार निवेदन दर्ता गरेकी हुन्, जसको बुधबार प्रारम्भिक सुनुवाइ हुनेछ।

कार्कीले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय लगायतलाई विपक्षी बनाएकी छन्। उनले अनुसन्धानमा प्रगति नभए पनि अदालतले थुनामा म्याद थपिरहेको भन्दै थुनामुक्त गर्न आदेश जारी गर्न माग गरेकी हुन्।

बन्दीप्रत्यक्षीकरण निवेदन अदालतले उच्च प्राथमिकतामा राखी सुनुवाइ गर्ने कानुनी व्यवस्था छ। अदालतले पक्राउ परेका व्यक्ति गैरकानुनी रूपमा थुनामा रहेको ठहर गरेमा उनलाई थुनामुक्त गर्ने आदेश जारी गर्छ

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस