२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यी हुन् मन्त्रिपरिषद् बैठकका ३० महत्वपूर्ण निर्णय (सूचीसहित)

These are the 17 decisions of the Cabinet meeting

काठमाडौं । सरकारले नौ जना सहायक रथी तथा तीन जना महासेनानीको सरुवा गरेको छ। साथै, ६ जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना महासेनानीलाई सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

यसैगरी, आगामी विश्व प्रहरी सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीलाई सहभागी हुन अनुमति दिइएको छ। महाकाली नदी क्षेत्रका केही वडाहरूलाई तीन महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

गणतन्त्र कोरियामा आयोजना हुने एशिया प्रशान्त फोरममा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन अनुमति दिइएको छ। भूकम्पबाट क्षतिग्रस्त शैक्षिक संरचनाको पुनर्निर्माण तथा सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्न सरकारको योजना विस्तार गरिएको छ।

यसैगरी, जापानमा स्मार्ट शहर प्रशिक्षण कार्यशालामा काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई सहभागी हुन अनुमति दिइएको छ। चीनमा आयोजना हुने सेमिनारमा आदिवासी जनजाति आयोगका सदस्यलाई सहभागी गराउने निर्णय भएको छ।

सरकारले अन्य विभिन्न ३० वटा निर्णयहरू समेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस