२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पूर्वमन्त्री यादवसहित आठ जनाविरुद्ध २९ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बागमती नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा उत्खनन गरिएको खाल्डोमा माछापोखरी निर्माण गरेको भन्दै संघीय र प्रदेश सरकारको करोडौं अनुदान रकम दुरुपयोग भएको आरोप छ।

पूर्वमन्त्री यादव र तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध २९ करोड ९९ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

त्यस्तै, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, दुई इन्जिनियर र लेखा अधिकृत गरी सात जनाविरुद्ध पनि छुट्टाछुट्टै रूपमा गरी करोडौंको भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस