२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गम्भीर प्रकृतिको आर्थिक अपराध भएकाले रबिलाई थुनामै राख्नुपर्छ : त्रिपाठी

९ जेठ, काठमाडौँ । सहकारी रकम दुरुपयोग अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गम्भीर प्रकृतिको आर्थिक अपराध गरेको भन्दै थुनामै राख्नुपर्ने तर्क गरेका छन् ।

उच्च अदालतको आदेशविरुद्ध रविले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदन निवेदनको मुद्दामा शुक्रबार जाहेरवालातर्फबाट बहस गर्दै त्रिपाठीले लामिछानेलाई थुनामै राख्नुपर्ने जिकिर गरेका हुन् । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको मुद्दामा अधिवक्ता त्रिपाठीले अपराध ‘सोचीविचारी र सुनियोजित तरिकाले’ गरिएको भन्दै यसले हजारौँ पीडितलाई प्रभावित बनाएको बताए । ‘यो समाज नै पीडित बनाउने अपराध हो, पीडितको संख्या हजारौँ छ’, उनले इजलासमा तर्क गरे । त्रिपाठीले सहकारीको रकम व्यापारिक कम्पनीमा लगानी गर्नु गैरकानुनी रहेको बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस