२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौंको थानकोटमा डरलाग्दो दुर्घटना : घरमा ठोक्कियो भारतीय कार, चालक फरार

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा शनिबार दिउँसो डरलाग्दो सडक दुर्घटना भएको छ। दिउँसो करिब २:३० बजे सिद्धार्थ बैंक नजिकै दुर्घटना भएको हो।

नागढुङ्गाबाट कलंकीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार (BR 01 PC 3754) लाई पछाडिबाट थानकोट यातायातको फोर्स गाडी (बा २ ख ९३९३) ले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको भारतीय कार सडक छेउको एक घरमा ठोक्किँदा भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फोर्स गाडीका चालक फरार भएका छन् भने खोजी कार्य जारी रहेको छ। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि गाडी र घरको संरचनामा क्षति पुगेको हो।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस