२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू

काठमाडौं । नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकको अन्त्यतिर यो एजेन्डा प्रवेश पाएपछि निर्णय भएको एक नेताले जानकारी दिए।

महासचिव शंकर पोखरेलले अध्यक्षसँग कानेखुसी गरेपछि उमेर हदबारे छलफल सुरु भएको र अध्यक्ष केपी शर्मा ओलीले अन्ततः स्वीकृति दिएको एमाले स्रोतको भनाइ छ। यद्यपि सचिव योगेश भट्टराईले यो विषय व्यवहारिक नहुन सक्ने भन्दै आगामी सम्मेलनबाट मात्र लागू गर्नुपर्ने धारणा राखेका थिए।

यसअघि अनेरास्ववियुमा उमेर हद खुला राख्ने कि ३० वा ३२ वर्षमा सीमित गर्ने भन्ने बहस चलिरहेको थियो। अनेरास्ववियुको राष्ट्रिय सम्मेलन जेठ २४-२७ गते हुँदैछ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस