काठमाडौं । अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका थप ९ नेपालीलाई निष्कासन गरिएको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।
फर्काइएकामध्ये विश्वकर्मा, वली, केसी, भण्डारी, देवकोटा, बोहोरा र शेर्पा थर भएका छन्। ५ जनालाई बिहीबार र ४ जनालाई मंगलबार काठमाडौं ल्याइएको स्रोतले जनाएको छ। उनीहरूलाई एयर इन्डियाको उडानबाट ल्याइएको हो।
अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरू पछिल्लो समय नियमित रूपमा निष्कासित भई काठमाडौं अवतरण गर्दै आएको स्रोतको भनाइ छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिपछि यस्तो कारबाहीमा वृद्धि भएको हो।
अमेरिकाले केही नेपालीलाई चार्टर्ड विमानमार्फतसमेत फिर्ता पठाइसकेको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार

