२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वराष्ट्रपतिको चीन भ्रमणले एमालेमा हलचल, आज भण्डारीले बिशेष सम्बोधन गर्दै

काठमाडौँ । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् ।
गत शनिवार राति एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो। उनी हिजो बिहान बेइजिङ पुगेकी हुन्। १० दिने लामो भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले सोमवार र शुक्रबार प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दैछिन्।

जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन्। सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ।

उक्त कार्यक्रम भने बेइजिङको स्थानीय समय अनुसार सोमबार विहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन्।

शुक्रबार भने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस