२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

रोशनी मृत्यु प्रकरणमा नयाँ मोड : छोरालाई सम्बोधन गर्दै लेखिएको दुई पेज लामो नोटमा के छ ?

काठमाडौं । आइतबार भक्तपुरको सूर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीको सुसाइड नोट फेला परेको छ। घटनास्थलमै भेटिएको दुई पेज लामो नोटमा उनले छोरालाई सम्बोधन गर्दै ‘जीवनदेखि हार खाएँ’ भनेर लेखेकी छन्।

शाही सूर्यविनायक नगरपालिका–३ स्थित आफ्नै फ्ल्याटमा मृत भेटिएकी थिइन्। उनका श्रीमान् चित्रजंग शाही विराटनगरमा थिए। लामो समयसम्म ढोका नखुलेपछि घरधनीको सूचनामा प्रहरीले जनप्रतिनिधिको रोहबरमा ढोका फोडेर शाहीलाई मृत अवस्थामा फेला पारेको हो।

नोटमा उनले छोराको भविष्यका लागि केही गर्न नसकेको भन्दै आत्मग्लानि व्यक्त गरेकी छन्। साथै, बाँकेको कोहलपुरस्थित १७ कट्ठा सम्पत्तिको पनि उल्लेख गरेकी छन्।

ओभरडोज औषधि सेवनको आशंकामा शवको पोस्टमार्टम र भिसेरा परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस