२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बजेटअघि प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। बजेट अनुमोदनका लागि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्नेछ।

यसअघि आजै अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने उक्त बैठकमा बजेटका प्राथमिकता, लक्ष्य र विकास कार्यक्रमबारे अन्तिम छलफल हुनेछ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक अपराह्न नै बस्ने तय भएको छ।

बजेट अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस