काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् । काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले तरबार र ढालसहित प्रदर्शन गरेका हुन् । यो र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु देखिए । उनीहरु शान्तिबाटीकामा प्रर्दशनको तयारीमा रहेका राजावादकै अगाडिबाट ओहोर दोहोर गरे ।
उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् । र्यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी भए । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भृकुटीमण्डपमा पुगेर भेला भए । त्यसपछि भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सामान्य कोण सभामा परिणत भयो ।
प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार

