२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दरबारमार्गका यी ठाउँ निषेधित घोषणा, २४ गतेसम्म कडा निगरानी

१६ जेठ , काठमाडौँ । काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस