२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

प्रहरीलाई धकेल्दै प्रधानमन्त्री निवासतर्फ बढ्यो ‘राजा आउ, देश बचाउ’ र्‍याली

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन गरिरहेका राजावादीहरूले शनिबार काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटारतर्फ ¥याली निकाले। नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने पूर्व योजना रहे पनि प्रशासनले निषेधाज्ञा जारी गरेपछि उनीहरू शान्तिवाटिकाबाट अघि बढेका थिए।

¥याली बालुवाटारतर्फ अघि बढ्दा त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। प्रदर्शनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजावादीले भाडामा मान्छे ल्याएर जुलुस निकालेको’ अभिव्यक्ति दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवाद गरेका छन्। लिङ्देनले प्रचण्डले आफ्नै विगतको अनुभव सुनाएको बताए। उनले जनसमर्थनको बलमा सरकारलाई झुकाउन सकिने दाबी पनि गरेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस