२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने, सुरक्षा ब्यबस्था कडा पारिँदै

१८ जेठ, काठमाडौँ । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् ।

आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने बताइएको छ । आज आन्दोलनको चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरू गरेका छन् ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस