२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पूर्व राष्ट्रपति भण्डारी चीनबाट स्वदेश फिर्ता, एमालेलाई नै चकित पार्ने के ल्याईन् कोशेली ?

१९ जेठ, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल चीनबीचको सम्बन्धलाई पुनर्ताजगी गराएको भ्रमण टोलीले जनाएको छ । भण्डारीको टोलीमा सहभागी रहेका सरकारका उद्योग वाणिज्य मन्त्री तथा एमाले नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण फलदायी र सफल भएको बताए ।

उनले पूर्व राष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यतासहित स्वागत गरेको बताए । उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए। ‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो ।’

त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर्ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ। पूर्व राष्ट्रपति भण्डारीको टोली १० दिनअघि चीन भ्रमणमा गएको थियो । टोलीमा एमाले नेताहरू सहभागी थिए ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस