२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

मेयर बालेनलाई ठूलो झट्का, प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन्।

योसँगै नगर प्रमुख बालेन शाहलाई ठूलो झट्का लागेको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको आरोप लगाउँदै पाण्डेसँग स्पष्टीकरण मागेका थिए। तर, सो स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि पाण्डेलाई निलम्बन गरिएको बुझिएको छ।

एसएसपी पाण्डे बालेन शाहले नियुक्त गरेका नगर प्रहरी प्रमुख हुन्। महानगरमा पछिल्लो समय शहरी अनुशासन, अनधिकृत व्यापार तथा संरचना हटाउने अभियानमा नगर प्रहरी सक्रिय देखिएको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस