काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। सो प्रस्तावमाथि आजै छलफल हुने सम्भावना छ।
त्यस्तै, प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।
राष्ट्रिय सभामा पनि आजको बैठकमा बजेटमाथि सामान्य छलफल जारी रहनेछ।
प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार

