२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनाउने मिति सर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ । केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो ।

छलफललका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको अदालत स्रोतले जानकारी दिएको छ । अर्को मिति भने तय भएको छैन ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस