२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पश्चिमी र मनसुनी प्रणालीको दोहोरो प्रभाव : आज यी प्रदेशमा वर्षा र हिमपात हुने

Heavy-rain-in-Chitwan-1778x1000

काठमाडौं । देशको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको मिलनले सक्रियता बढेको छ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा यो प्रभाव तीव्र भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमतीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा मुख्यतः सफा देखिएको छ। कोशी, मधेश र बागमतीका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, साथै अन्य क्षेत्रका एक-दुई ठाउँमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना समेत रहेको छ।

आज रातिसमेत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ। कोशी, बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उल्लेख छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस