२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संसदबाट राप्रपासँगै रास्वपा बाहिरियो, कुर्सीमा बस्न कांग्रेस लजायो

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ। आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए।

रास्वपाका पुरुष सांसदहरु आज कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन्। राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएपछि अति न्यून संख्यामा देखिएका नेपाली कांग्रेसका केही सांसदहरुपनि कुर्सी मै बस्न लजाएका छन् । एमालेका भने सत्ता आफ्नै हो झै बसेको देखिन्थ्यो ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस