२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ओलीले पार्टी सदस्यता शुल्कसहित तीन लाख लेबी बुझाए, प्रचण्डले कति बुझाउँछन् ?

१२ असार , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई लेबीबापत तीन लाखभन्दा बढी रकम बुझाएका छन्। बुधबार ओलीले पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।

सबैजसो नेताले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान एमालेले बनाएको छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले लाभको पदमा नियुक्त भएवापत लेबी बुझाएका हुन्।

प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले लेबी बुझाउने नियम बनाएको छ। यस्तै मासिक तीन सय सदस्यता शुल्क पनि लिने गरेको छ।

सोहीवापत ओलीले एक वर्षको तीन लाख तीनहजार छ सय रकम बुझाएका छन्।

उनका अनुसार अध्यक्ष प्रचण्डको मासिक १२ हजार रुपैयाँ लेबी बापतको रकम र वार्षिक २५ रुपैयाँ सदस्यता नवीकरण शुल्क पार्टीको खातामा नियमित जम्मा हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस