२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वराजाको जन्मोत्सवमा निर्मल निवासमा भीड, माइला भएरपनि तेस्रो पटक गद्दी आरोहणको कामना

काठमाडौं । आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मजयन्ती । जन्मदिन मनाउन निर्मल निवासमा शुभेच्छुकहरूको भीड लागेको छ । जन्मोत्सवको अवसरमा उनको दीर्घायु तथा तेस्रो पटक गद्दी आरोहणको कामना गर्दै ठूलो संख्यामा मानिसहरु त्यहाँ पुगेका छन् ।

 

रोमाञ्चक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यसअघि नै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ–संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरिसकेका छन् । जन्मोत्सवका अवसरमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेको छ ।

संयुक्त जनआन्दोलन समितिले राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ ।

राजा महेन्द्रका माइला छोरा ज्ञानेन्द्र २००४ सालमा जन्मेका हुन् । उनी यति भाग्यमानी हुन् कि २००७ सालमा नै बालराजा बनेका थिए । सामान्यतया माइलो छोरो राजा बन्दैनन् । जेठो नै राजा बन्छन् । उनलाई २०५८ सालमा दाजु पूर्वराजा वीरेन्द्र शाहको वंशनाश (जेठ १९, २०५८ मा) भएपछि दोस्रो पटक राजा बन्ने अवसर जुरेको थियो । तर २०६५ जेठ १५ गते दलहरुले देशलाई गणतन्त्रात्मक देश भनी घोषणा गरेपछि ज्ञानेन्द्रले सहजै नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस