२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

२९८ जनाको ज्यान जाने गरी मलेसियन विमान खसालिएकोमा रूस दोषी : युरोपेली अदालत

काठमाडौं । २०१४ मा युक्रेनमा २९८ जनाको ज्यान जाने गरी मलेसियन विमान खसालिएको घटनामा युरोपको मानवअधिकार अदालतले रूसलाई दोषी ठहर गरेको छ।

एमएच–१७ जहाज पूर्वी युक्रेनमा रूस समर्थित विद्रोहीले प्रहार गरेको बुक मिसाइलले खसालिएको प्रमाणित भएको अदालतको निष्कर्ष छ। रूसले सैनिक लक्ष्य छुट्याउन आवश्यक सावधानी नअपनाएको र गैरकानूनी आचरण गरेको ठहर अदालतले गरेको छ।

यो फैसला प्रतीकात्मक मात्र भए पनि युक्रेनले यसलाई ऐतिहासिक विजय मानेको छ, जबकि रूसले बेवास्ता गर्ने बताइएको छ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस