२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रधानमन्त्रीलाई गगनको झटारो : ‘घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्ने हिम्मत छ ?’

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् । मन्त्री गुप्ताको घुसकाण्डको अडियो सार्वजनिक भएपछि अहिले नेपाली राजनीति तातेको छ । बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताएका छन् ।

‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नु पर्दैन होला भन्ने लागेको थियो,’ थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्री ज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’ कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौंमा गरेको कार्यक्रममा सोमबार बोल्दै महामन्त्री थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने बताए ।

‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ,’ थापाले भने, ‘संलग्न भएका अरू को–को छन् रु कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ । तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ ।’

 

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस