२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

शिक्षा विधेयक पारित गर्न १९ दिने अल्टिमेटम, झन् कडा संघर्षमा उत्रने चेतावनी

काठमाण्डौँ ।  गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारितका लागि सरकारलाई १९ दिने अल्टिमेटम दिएको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले शिक्षक महासंघलाई बन्धक बनाएर विद्यालय शिक्षा विधेयकलाई फेरि पनि पछाडि धकेल्न खोजेकाको भन्दै साउन २१ गतेभित्र विधेयक पारित नगरे आन्दोलनको विकल्प नरहेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले चेतावनी दिइन्।

‘असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धताबाट सरकार आफैं पछि हटेको छ। उनले चेतावनी दिइन्, ‘महासंघले सरकारलाई १९ दिने अल्टिमेटम दिएको छ। साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा महासंघ उत्रन बाध्य हुन्छ।’

 

प्रकाशित मिति : २०८२ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस