२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भोलि पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्ने, मूख्य एजेण्डा के छन् ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् ।
शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।

संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस