काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।
‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।
साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेव गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।
प्रकाशित मिति : २०८२ साउन १० गते शुक्रवार

