काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा सदस्यता ४५ बर्षदेखि निरन्तर भएकाले कसैको स्वार्थमा सदस्यता छैन भन्नु गलत भएको टिप्पणी गरेकि छिन् । उनले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको समेत बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।
प्रकाशित मिति : २०८२ साउन १० गते शुक्रवार

