२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

ओली बिनाको एमाले कल्पना गर्नै सकिन्न : भानुभक्त ढकाल

काठमाण्डौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको कल्पना असम्भव रहेको बताएका छन् । शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी सुदूरपश्चिमको बैठकमा उनले ओलीको नेतृत्वमा नै पार्टी देशको प्रमुख शक्ति बनेको भन्दै ओलीको विकल्प खोज्नु अनावश्यक भएको जनाए ।

ढकालले तीनै तहका सरकारलाई जनमुखी बनाउन ओली नेतृत्व अपरिहार्य भएको उल्लेख गरे । साथै, पार्टीभित्रको उमेर सीमा र कार्यकालको निर्णय व्यक्तिविशेषका लागि नभइ सामूहिक निर्णय भएको स्पष्ट पारे ।

कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पालले समेत ओलीविना एमाले र समृद्ध नेपालको कल्पना असम्भव रहेको बताए ।

 

प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस