काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।
लगत्तै सांसदहरूलाई अति जरुरी भन्दै सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।
एमाले र कांग्रेस मिलेर रास्वपाबाट निर्वाचित उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउन हस्ताक्षरका लागि बोलाइएको बुझिएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार

