प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन् ।
मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटनमा बोल्दै उनले २०३७ सालमै मालेको सदस्यता लिएको र ३५ वर्षदेखि एमालेसँगै रहेको बताइन्। राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले अब एमालेले जनअपेक्षा अनुसार काम गरेको–नगरेको समीक्षा गर्नुपर्नेमा जोड दिइन्। विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाउँदै उनले नेपाल रहुन्जेल आफू सक्रिय रहने बताइन्।