२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

अब कांग्रेसले सरकार छोड्नै पर्छ : नेता कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्य समाप्त भएको भन्दै तत्कालै पार्टीले सरकार छोड्नुपर्ने बताएका छन्। उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको दमन राजाको शासनकालमा समेत नभएको भन्दै अब कांग्रेस सरकारमा बस्न नसक्ने बताए।

‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेसले सरकारबाट अलग हुनुपर्छ, यो सरकारमा एकछिन पनि बस्न हुँदैन,’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने।

सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय आफ्नो अलोकप्रिय काम छोप्न मात्र गरिएको बताउँदै उनले भने, ‘जेन–जीको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको स्थिति सिर्जना गरियो। यो कदम निरंकुश र अधिनायकवादको चरम हो। तत्काल जेन–जीका माग पूरा गर्नुपर्छ। भ्रष्टाचार आजको आम नागरिकको मुद्दा हो, यसलाई बेवास्ता गरे मुलुक अर्को द्वन्द्वको चपेटामा पर्न सक्छ।’

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस