२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

काठमाडौं आउँदै गरेको बस दुर्घटना

सिन्धुपाल्चोक – चरिकोट–खाडीचौर सडकखण्डको सुनकोशी–७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार रामेछापको खाडादेवी गागलभदौरे–८ बाट चरिकोट हुँदै काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको हो।

प्रहरी चौकी लामोसाँघुका अशोक महतोको नेतृत्वमा गएको टोलीले चालक र तीन नाबालकसहित २१ जनालाई उद्धार गरी सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाएको जनाएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको कार्कीले बताएका छन्।

हिमाल तराई यातायातका अध्यक्ष आत्मराम थापाका अनुसार दुर्घटनामा परेको बसका यात्रुहरूलाई लिन बनेपाबाट अर्को बस खाडीचौर पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस