२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दुर्गा प्रसाईंको आकस्मिक घोषणाले सबैतिर बबाल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशको राजनीतिक संकट गहिरिँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्।

प्रसाईँले आगामी असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नै निवासमा बैठक आह्वान गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले देश हाल इतिहासकै कमजोर र अस्तित्व संकटमा पुगेको दाबी गरेका छन्।

उनले सिंहदरबार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचना नै धरापमा परेको, राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीको मनोबल कमजोर भएको टिप्पणी गरेका छन्। यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा देश र जनताको हितका लागि महाअभियानले आवश्यक राजनीतिक निर्णय लिनुपर्ने भएकाले बैठक बोलाइएको उनले बताए।

बैठकमा जिल्ला, अञ्चल र केन्द्रका संयोजक, सचिव तथा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थिति हुन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस