२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

चार होटल रेष्टुरेन्टमा प्रहरीको छापा : ३१ महिलासहित ४५ जना लाजमर्दो अवस्थामा फेला

काठमाडौं । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ। यस छापामा अनैतिक गतिविधि सञ्चालन भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर छापा मारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

उनका अनुसार छापामा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमध्ये आठ जना भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीले होटल तथा रेष्टुरेन्टका सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

छापा मारिएका स्थानहरूमा मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटल समावेश छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस