२०८२ असोज २८ गते मङ्गलवार | 2025 October 14th Tuesday

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)

exchange american dollar

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ एक पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ पाँच पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २८ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस