२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

काठमाडौँ नयाँ बानेश्वरको भयानक दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौँको नयाँबानेश्वरमा गएराति भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

गोरखा सिरानचोक–४ घर भएका २३ वर्षीय बालकृष्ण परियारको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

दुर्घटना यातायात विभाग मीनभवनस्थित सडकखण्डमा भएको थियो। नयाँबानेश्वरबाट आएको बागमती प्रदेश सरकारको जिप (बीएबी ०३६५) ‘राइट टर्न’ गर्दै गर्दा नयाँबानेश्वरबाट तीनकुनेतर्फ आइरहेको बा८१प ४०१० नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस