२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

सञ्चारमन्त्री खरेलको विदेश भ्रमण स्वीकृत, कुन देश जाँदैछन् ?

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई भ्रमण अनुमति दिएको हो।

मन्त्री खरेल २०८२ कात्तिक २६ गते सिओलमा हुने ११औं ग्लोबल आईसीटी लिडरशिप फोरममा सहभागी हुनेछन्। साथै, सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टिडोनर ट्रस्ट फन्डबाट प्राप्त १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस