२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पश्चिम नेपालमा मध्यराति भूकम्प गयो

काठमाडौं । बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

केन्द्रका अनुसार सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पले ठूलो क्षति गरेको रिपोर्ट आएको छैन।

स्थानीयवासीहरूले हल्का कम्पन महसुस भएको बताएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस