२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भोलि प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

जनकपुर। मधेस प्रदेश सरकारले छठ पर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते (भोलि) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिने भएकाले प्रदेशभर बिदा दिने निर्णय गरिएको उल्लेख छ।

संघ सरकारले भने छठ पर्वको सन्ध्यामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार (आज) देशभर सार्वजनिक बिदा दिइसकेको छ।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा २०८१ चैत २२ गते प्रकाशित राजपत्रअनुसार छठ पर्वमा थप एक दिन बिदा दिने व्यवस्था रहेको जनाइएको छ। सोही अनुसार कात्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस