२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

साइबर ब्युरोमा अधिवक्ता स्वागत नेपालको ६ घण्टे त्यो बयान

काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीले करिब ६ घण्टा लामो बयान लिएको छ।

नेपाललाई बोलाएपछि आइतबार बिहान उनी भोटाहिटीस्थित प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा पुगेका थिए। ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार नेपालसँग करिब साढे पाँचदेखि छ घण्टासम्म कुराकानी भएको थियो। अवस्थीले भने, ‘उनी हिजो आउनु भएको थियो, करिब साढे पाँच–छ घण्टा जति कुराकानी भएर जानुभयो।’

अवस्थीका अनुसार आज बिदा भएकाले भोलि (मंगलबार) थप सोधपुछ हुने छ। नेपाल पनि मंगलबार पुनः उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए।

अधिवक्ता नेपालमाथि साइबर अपराधको आरोप लगाइएको छ, तर प्रहरी पक्षले उजुरीको प्रकृति भने सार्वजनिक गरेको छैन। यता नेपालले भने आफूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएको कारण साइबर मुद्दा लगाइएको दाबी गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस