२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

महाराजगन्जमा प्रहरीको ह त्या : ७ जना समातिए, सीसीटीभी फुटेजबाट खुल्यो सबैको पोल

काठमाडौं — जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी जवान उत्तम थापालाई कुटपिट गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन्।

सीसीटीभी फुटेज अनुसार, दुवै आरोपीले जवान थापालाई कुटपिट गरेको देखिएको छ। सोमबार पक्राउ परेकाहरुलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ। भदौ २४ मा उनीहरुले जवानलाई कुटपिट र प्रहरी वृत्तमा तोडफोड तथा आगजनी गरेको भिडियोमा देखिएको छ।

जेनजी आन्दोलनमा असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। यसअघि प्रहरीले पाँच जना पक्राउ गरिसकेको थियो: गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर

महाराजगन्ज प्रहरामाथि गरिएको हत्यामा संलग्न चार जना आरोपी पहिले नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। यसमा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होम प्रसाद पौडेलटिकाराम बिक छन्।

जाँच अनुसार, जवान उत्तम थापाको हत्या काभ्रेको रोशी गाउँपालिका घर भएका २८ वर्षीय क्याप्छाकी र मकवानपुर थाहा नगरपालिका–७ घर भएका २१ वर्षीय थिङले गरेका थिए भने असई रायको हत्या सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ घर भएका ६२ वर्षीय पौडेल र उदयपुर चौदण्डीगढी–१० घर भएका २८ वर्षीय टिकाराम बिकले गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पक्राउ परेकाहरू विरुद्ध पूरक अनुसन्धान प्रतिवेदन तयारीमा छ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस