२०८३ असार १ गते सोमवार | 2026 June 15th Monday

दुर्गा प्रसाईंको नयाँ दाबीले अर्को बबाल

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बुधबार बोलाएर छलफल गरेको छ। प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेपछि आयोगले सम्भावित हिंसात्मक गतिविधिप्रति चासो जनाउँदै छलफल गरेको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, यसअघि चैत १५भदौ २३–२४ का आन्दोलन हिंसात्मक भएकाले यस्ता घटना दोहोरिन नदिन छलफल गरिएको हो। छलफल आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी प्रसाद खरेललगायत पदाधिकारीको उपस्थितिमा करिब एक घण्टा चल्यो।

प्रसाईंले छलफलमा आफ्नो आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता जनाए। तर, बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै उनले आयोगले पनि आफ्नो आन्दोलनका मागमा ऐक्यबद्धता जनाएको दाबी गरे।

उनका अनुसार, वैदेशिक रोजगारीमा हुने मृत्यु, लघुवित्त पीडितका आत्महत्याजस्ता विषय मानवअधिकारका मुद्दा भएको आयोगले स्वीकार गरेको छ। तर, प्रवक्ता पोखरेलले भने, आयोगले कुनै मागमा समर्थन वा ऐक्यबद्धता जनाएको होइन, केवल हिंसात्मक गतिविधि नहोस् भनेर सचेत गराइएको बताए।

पोखरेलका अनुसार, आयोगले अब सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस