काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार गर्न सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच बालुवाटारमा वार्ता सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको यो बैठकलाई सरकारले ‘त्रिपक्षीय वार्ता’ नाम दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार यो पहिलो पटकको औपचारिक वार्ता हो, जसले आगामी निर्वाचनको माहोल तयार पार्ने उद्देश्य राखेको छ।
राजनीतिक दलका तर्फबाट सहभागी नेताहरू:
नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत।
त्यस्तै, जेनजी पुस्ताबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन रानामगर सहभागी छन्।
सरकारले यो छलफललाई आगामी निर्वाचनसम्म राजनीतिक सहमति र साझा प्रतिबद्धता निर्माणको माध्यमका रूपमा लिएको बताइएको छ।

