२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइको क्रममा नै मागबारे छलफल हुने भएकाले अहिलेसम्म अन्तरिम आदेश दिने आवश्यकता नरहेको ठहर गरेको हो।

इजलासले साथै रिट निवेदनको मागबमोजिम किन आदेश जारी गर्नु नपर्ने हो भन्ने कानूनी आधार सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयलाई लिखित जवाफमा पेश गर्न आदेश दिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस